• २०८३ मङ्सिर ५ गते शुक्रवार

बालबिवाह र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, सुर्खेत । बालबिबाह र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका-२ बाङेसिमल कोलडाडा बस्ने २७ वर्षीय टेक बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बालबिबाह र जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको फैसलाले १ वर्ष ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस