असार २, मोरङ। प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई पक्राउ गरेको हो ।
दुई जना बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।