• २०८३ असार ४ गते बिहिवार

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, नुवाकोट । सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिवपुरी गाउँपालिका-१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिँह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस