असार १, सुनसरी । बराहक्षेत्र नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । कोरोना महामरीका फैलिरहेको अबस्थामा विरामीको उपचारका लागि स्थापना गरिएको ५ शैयाको अस्थायी कोभिड अस्पतालका लागि कर्मचारी माग गरेको हो ।
नगरपालिकाले जेठ २७ गते सार्वजनिक सुचना जारी गरि मेडिकल अधिकृत १ जना, स्टाफ नर्स २ जना र कार्यालय सहायक १ जनाको माग गरेको हो । निवेदन बुझाउने समय सुचना प्रकाशित भएको मितिले ७ दिन रहेको छ । करार सेवामा काम गर्न ईच्छुकले आवेदन दिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।
