असार १, एजेन्सी । स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो । तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।
यस जितसँगै समूह इ को स्लोभाकियाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । पोल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ ।