• २०८३ असार १५ गते सोमवार

एमाले स्थायी कमिटी बैठक असार २ बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौँ। नेकपा एमालेले स्थायी कमिटी बैठक असार २ बस्ने भएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि असार २ गते बस्ने बैठकमा बोलाएको हो ।

उक्त बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । २ गतेको बैठक अगाडि नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ । त्यसका लागि महासचिव पोखरेलले नेपाल समूहका नेताहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।

Sharing

प्रतिक्रिया दिनुहोस