जेठ ३१, एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।

खेलको २३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन । खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा नेयमारको पासमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।
यस जितसँगै समूह बी मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।