• २०८३ भाद्र २६ गते शुक्रवार

कछुवा सहित ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, मोरङ । करिब ८ केजी तौल भएको कछुवा सहित कछुवा ओसारपसारमा संलग्न ४ जनालाई ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-१ पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका-१ केचना शुक्रवारे बस्ने २५ वर्षीय दिपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खडका र २० वर्षीय आकाश रायमाझी रहेका छन् ।

सुनवर्षी नगरपालिका-८ स्थित सडकमा मे.१० प ५६२ नम्बरको मोटरसाइकलमा सवार जिवन र मेघराजले कछुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेपछि उक्त कार्यमा सहयोग गर्ने को.२३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार निरज र आकाशलाई समेत पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय आमतोला रंगेली मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस