• २०८३ बैशाख २० गते आइतवार

थप तिन हजार ७५० संक्रमित थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा तिन हजार ७५० जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख चार हजार ३९६ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६७ जना सङ्क्रमितका्े मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस