• २०८३ जेष्ठ १७ गते आइतवार

रामवीर मानन्धर कांग्रेस प्रवेश, गगन थापाले गरे स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमालेका नेता तथा पूर्वराज्यमन्त्री रहेका मानन्धरलाई राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमबीच गगन थापाले पार्टीमा स्वागत गरेका हुन्।

काठमाडौं–७ बाट २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका मानन्धर २०७९ मा भने बागी उम्मेदवारका रूपमा उठेका थिए। त्यसपछि केही समय निष्क्रिय रहेका उनी पुनः एमालेमा सक्रिय भएका थिए।

२०७० को निर्वाचनमा उनले कांग्रेसकी प्रमिला डंगोल र माओवादी केन्द्रकी हिसिला यमीलाई पराजित गरेका थिए भने २०७४ मा राप्रपाका विक्रम थापालाई हराएका थिए।

मानन्धरको कांग्रेस प्रवेशसँगै काठमाडौं–७ को राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस