जेठ २८, काठमाडौँ। नेकपा एमालेको नेतृ शान्ता चौधरीले नेपाली जनताको लामो बलिदानीबाट प्राप्त व्यवस्था र त्यसको उपलब्धीको रक्षाको लागि प्रत्यक्ष निर्वाचित कार्यकार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बहुदलीय व्यवस्थामा एक पार्टी भित्रकै एकले अर्कालाई सिध्याउने खेल भइरहेको बताउँदै उहाँले दलीय व्यवस्थामा पार्टीको नीति, नियम, विधान विपरित गतिविधि गर्नेलाई कारवाही गर्ने दलीय व्यवस्थालाई ध्वस्त पार्ने गरी अदालती प्रकृयामा गई उल्ट्याउनु व्यवस्था माथि नै खतरा भएकाले प्रत्यक्ष निर्वाचत कार्यकारी प्रमुखको आवश्यकता रहेको औंल्याउनुभयो । राजनीतिक कुरालाई मुद्धाको विषय बनाई अदालतमा पुग्नु पार्टीहरुको अस्थित्व कमजोर हुँदै जाने उल्लेख गर्दै उहाँले अबको आवश्यकता शासकीय व्यवस्था परिवर्तन आवश्यक रहेको धारणा व्यवक्त गर्नुभयो ।
आज एउटालाई फाईदा फुगेजस्तो हुन्छ उनिहरु खुशी हुँदै ताली पिट्छन, फेरि अर्को घटनाको फैसलामा अर्कोलाई फाइदा पुर्याए जस्तो हुन्छ फेरि अर्को खुशीले गदगद हुन्छ र ताली बजाउँछ । यसै गरि गरि सिस्टम नै सिध्याउन खोजेको त होईन रु त्यसैले अदालतमा गएर होईन, समाधान आफैंसँग खोजौं, आज जे नजिर स्थापित भैरहेका छन, यी सबै व्यवस्था माथि चुनौती दिने संकेत हो । पार्टीको ह्विप उलंघन गर्नेहरू, फ्लोर क्रस गर्नेहरू कार्वाहीको भागिदार हुँदैनन भने दलित व्यवस्था टिक्दैन, बाँच्दैन । यस्ता कुराका दुरागामी असर हेरौं, सबै राजनीतिक दलमाथि घातक छ । अब ढिला नगरी सोचौं, शासकीय स्वरुप परिवर्तन गरौं । संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था गरौं, यस्तो गरिएन यदि भने व्यवस्था समाप्त हुने संकेत देखियो ।