• २०८३ कार्तिक २७ गते बिहिवार

सभामुख सापकोटाद्वारा आयोजित बैठकमा प्रम ओली सहभागी नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २८, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज शुक्रबार २ बजेका लागि राख्नुभएको समसामयिक राजनीतिक विषयको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीलाई सभामुखको तर्फबाट कुनै औपचारिक पत्र र बैठकबारे जानकारी नआएकाले बैठकमा सहभागी हुनुहुने छैन ।

विभिन्न मिडियाबाट बैठकको समाचारबारे जानकारी प्राप्त भएपनि आधिकारिक पत्र प्राप्त भइनसकेको उहाँले बताउनु भयो । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्योपानेले भने औपचारिक पत्र नेकपा एमाले पार्टी कार्यालय थापाथलीमा जेठ २६ गते पठाइएको बताउनुभयो ।

प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्षको हैसियतमा पत्र पठाएका छौं, थापाथली कार्यालयमा पत्र दर्ता भएको छ” उहाँले भन्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस