• २०८३ भाद्र २५ गते बिहिवार

‘पद नपाउँदैमा विचलित हुन्न,म जे छु त्यही छु’ : महेश बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेष्ठ २८,  काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मन्त्री नबनेपछि आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय नबनेको बताएका छन् । मन्त्रिपरिषद् विस्तारलगत्तै फेसबुकमा स्टाटस लेख्दै उनले पद नपाउँदैमा विचलित हुने आफ्नो स्वभाव नरहेको उनले बताएका छन् ।

पछिल्लो समय आएका समाचारमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन । ‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौ । म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यही छु । पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अबसरबादी चरित्र छैन र हुने पनि छैन ।’ उनले लेखेका छन । पार्टी नीति नेतृत्व र निर्देशन पालना गरेर अझै जोस, जाँगर र उर्जाका साथ अगाडि बढने उनी बताउँछन् । उनी केही दिनदेखि गृहमन्त्री बन्ने चर्चामा थिए । गृहमन्त्रीमा प्रधानमन्त्री ओलीले पोखराका खगराज अधिकारीलाई छानेपछि सामाजिक सञ्जालमा बस्नेतले गुट फेर्न लागेको चर्चा चलिरहेको थियो ।

यस्तो छ उनको फेसबुक स्टाटस
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्, पार्टी निति , नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु, पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु।
पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउन हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ ।
हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु, जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि !
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। त्यस्ता भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा मैले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।

मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो बिषय कहिले बनेन्। पार्टी नीति , नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु।

पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाव पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ।

मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। हो । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन् ।

मेरो विरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ । जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि१ कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन्।

त्यस्तो भ्रममा नपरौ म जहाँ छु त्यहीँ छु र म जे छु तेही छु। अझै जोस जाँगर र ऊर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा विकास गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टि हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस