• २०८३ असार १६ गते मङ्गलवार

बलात्कार आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत थापा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, रोल्पा । बलात्कार आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीका आधारमा थापालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले पक्राउ गरी बाँकेमा बुझाएको हो ।

आरोपित थापाले पटकपटक महिला सुरक्षाकर्मीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रहरीका अनुसार ती सुरक्षाकर्मी बाँकेमा कार्यरत छिन् ।

बाँके प्रहरी स्रोतकाअनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको थियो । तर अचानक महिला सुरक्षाकर्मीले प्रहरीमा उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको बताइएको छ । प्रहरीले प्रशासकीय अधिकृत थापालाई बिहिबार अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस