• २०८३ जेष्ठ ५ गते मङ्गलवार

रामेछापमा जीप दुर्घटना हुदा ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् । आज बिहान लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको सबैको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस