जेठ २४, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालविरुद्ध जारी खेलमा जोर्डनले २-० को अग्रता बनाएको छ । दोश्रो आफको ३ मिनेटमा बाहा फाइजल सिफले हानेको फ्रि किक गोलमा परिणत भएको हो ।

खेलको २४ औं मिनेटमा बाहा फाइजल सिफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेलिरहेको छ ।