• २०८३ बैशाख १० गते बिहिवार

प्रदेश १ को बजेट अधिवेशन आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २४, मोरङ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु हुँदै छ । प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ ।

अधिवेशनको पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूची छ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशनका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ । जसमा २ जना चालक, २ सुरक्षाकर्मी र एक जना पत्रकारको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस