• २०८३ जेष्ठ ८ गते शुक्रवार

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, कैलाली । भजनी नगरपालिका-३ स्थित सडकबाट ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वर्दगोरीया गाउँपालिका-१ कट्टिपुर बस्ने २५ वर्षीय धिरेन्द्र बम र सोही गाउँपालिका-१ मुडा गाउँ बस्ने २४ वर्षीय डबल भुल रहेका छन् ।

‘अन टेष्ट’ लेखिएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी
मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस