• २०८३ बैशाख १४ गते सोमवार

तारकेश्वर कोरोना अपडेट : तारकेश्वरमा निको हुनेको संख्या छ सय १७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं । तारकेश्वर नगरपालिकामा संक्रमितको संख्या दिनानुदिन घट्दै गएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो चौविस घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि तारकेश्वरमा हालसम्म ७६३ जना महिला र ९४१ जना पुरुष गरि कुल १७०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वरमा पछिल्लो चौविस घण्टामा ३८ जनामा एन्टिजोन परिक्षण गरेकोमा ४ जनामा पोजेटिभ देखिएको छ ।

तारकेश्वरमा हालसम्म ६१७ जनाले कोरोनालाई जितेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ६ जना उपचाररत छन ।

Sharing

प्रतिक्रिया दिनुहोस