• २०८३ मङ्सिर २ गते मङ्गलवार

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या घट्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १९, काठमाडौं । पछिल्लो २४ घन्टामा तारकेश्वर नगरपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १६७७ जना पुगेको छ । आज थप संक्रमित महिला १३ जना र पुरुष ९जना गरि कुल १०९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०९९ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हालसम्म नगरपालिकाका ३५ जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी तारकेश्वर नगरस्वास्थ्यले गराएको छ । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ६ जना उपचाररत छन । यस्तै १२ जना आईसोलेसनबाट निको भई घर गएका छन । यस्तै ३ जनालाई अन्यत्र रिफर गरिएको छ।

नगरपालिकामा कोरोना संक्रमित रहेकाले नेपाल सरकारसगँ निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न नगरपालिकाले अनुरोध गरेको छ। नगरपालिकाले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस