• २०८३ बैशाख १० गते बिहिवार

खोलामा डुबेर ५ बर्षीया बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १९, दाङ । लमही नगरपालिका – ७ कमानपुर निवासी स्यानु चौधरीको ५ वर्षिय छोरी इन्दु चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेकोे अर्जुन खोलामा साथीहरु सङ्ग नुहाउन गएको समयमा इन्दुको पानीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बुधबार बिहान आफुहरु काममा गएको बेला छोरी गाउँका साथीहरु सङ्ग नुहाउन गएको रैछिन म घर आएसी थाह पाए बुवा स्यानुले भने । मृतक इन्दुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस