जेष्ठ १७, काठमाडौं । पछिल्लो २४ घन्टामा तारकेश्वर नगरपालिकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १६२६ जना पुगेको छ । कुल संक्रमित मध्ये १०६१ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हालसम्म नगरपालिकाका ३४ जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी तारकेश्वर नगरस्वास्थ्यले गराएको छ ।
तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ६ जना उपचाररत हुनुहुन्छ । पछिल्लो चौविस घण्टामा सबभन्दा बढि वडा नं. ७ मा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न नगरपालिकाले अनुरोध गरेको छ। तगरपालिकाले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेको छ ।
तारकेश्वर नगरपालिकाका कुन वडा मा कति संक्रमित
१. तारकेश्वर वडा नं. १ मा पुरूष१५ – जना महिला – १०जना ।
२. तारकेश्वर वडा नं. २ मा पुरूष – ५४ जना महिला – ५२ जना ।
३. तारकेश्वर वडा नं. ३ मा पुरूष – ३७ जना महिला – २५ जना ।
४. तारकेश्वर वडा नं. ४ मा पुरूष – ७० जना महिला – ६२ जना ।
५ तारकेश्वर वडा नं. ५ मा पुरूष १०३ जना महिला ९२ जना ।
६. तारकेश्वर वडा नं. ६ मा पुरूष ९० जना महिला ७१ जना ।
७. तारकेश्वर वडा नं. ७ मा पुरूष ७७ जना महिला ७० जना
८. तारकेश्वर वडा नं. ८ मा पुरूष १३० जना महिला २२९ जना ।
९. तारकेश्वर वडा नं. ९ मा पुरूष ११३ जना महिला ८४ जना ।
१०. तारकेश्वर वडा नं. १० मा पुरूष १०६ जना महिला ८७ जना
११. तारकेश्वर वडा नं. ११ मा पुरूष १०४ जना महिला ७५ जना ।
त्यस मध्य सबै भन्दा धेरै तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा पुरूष १३० जना र महिला ९९ जना गरि कुल २२९ जनामा कोरोना पोजेटिभ देखीएको छ ।