• २०८३ असोज २ गते शुक्रवार

लडाकुका नाममा भएको अरबौं घोटाला छानबिन हुन जरुरी छ : पुर्वमन्त्री बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले लडाकुका नाममा बिनियोजन भएको रकम छानबिन गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय युवासंघ नेपालको दोस्रो दिनको सचिवालय बैठकमा सम्बोधन गर्दै नेता बस्नेतले उक्त भनाई राखेका हुन ।

उनले भनेका छन जनयुद्ध लडेका सोझा लडाकुहरु द्धन्दपिडित, घाइते, अशक्त भएर दुखमा बाँचेको देख्दा दुख लागेको छ । राज्यले पठाएको अरबौं अरब रुपयाँ रकम आज कहाँ छ रु माओवादी नेता प्रचण्ड लगायतका केहि नेता र उनका परिवारको सम्पति छानविन गर्नुपर्छ बस्नेतको भनाई छ ।

त्यसै गरि ललितानिवास काण्डमा मुछिएका व्यक्तिहरुलाई छोड्न नहुने पनि उनले बताएका छन् । ३०० रोपनी भन्दा बढि जग्गा जब्बरजस्त रुपमा व्यक्तिका नाममा कायम गराउन संलग्न हुने तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पनि छानविनको दायरामा ल्याउनु पर्छ । तत्कालिन केहि मन्त्री र कर्मचारी मात्र कारवाहीको दायरामा ल्याएर पुग्दैन, पुर्वमन्त्री बस्नेतको जिकिर थियो ।

राष्ट्रिय युवा संघ नेपालको आज बसेको सचिवालय बैठकले सह अध्यक्ष किरण पौडेललाई अध्यक्ष चयन गरेको छ । पुर्व सहमति अनुसार वचन बहादुर सिंहले किरण पौडेललाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस