• २०८३ जेष्ठ ३ गते आइतवार

घानाविरुद्ध उरुग्वे २-० को अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले घाना र उरुग्वेबीच प्रतिस्पर्धा भईरहेको छ । अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा उरुग्वेले २-० को अग्रता बनाएको छ ।

पहिलो हाफमा उरुग्वेका लागि दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । पहिलो हाफमा घानाका आन्द्रे एयुले पेनाल्टीमा गोल गर्न सकेनन् । आज दुबै टोली जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । दुबैलाई नकआउट चरणमा पुग्न जितको बिकल्प छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस