जेष्ठ १७, काठमाडौं । एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको हो । उहाँका अनुसार आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको हो ।