• २०८३ जेष्ठ ६ गते बुधवार

प्रहरीद्वारा दुई भरुवा बन्दुक बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, सिरहा । सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ। गोलबजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।

त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुईवटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस