जेष्ठ १६, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले हिजो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को बजेट मुलत जनमुखी भएको बताउनुभएको छ । पार्टीको आन्तरिक विवादलाई मध्यविन्दुबाट मिलनको बाटो खोज्दै बस्नुभएका नेता भट्टराईले सरकारले अध्यक्षदेशबाट ल्याएको बजेट एमालेको निर्वाचनको समयमा गरिएको घोषणापत्रको सारमा रहेको संकेत गर्नुभयो ।

बजेट कार्यान्वयनमा चुनौति रहेता पनि वर्तमान समयको लागि बजेट उत्साहजनक तथा जनमुखी भएको बताउनुभयो । केही समय अघिसम्म माधव कुमार नेपाल समूह रहनुभएका नेता भट्टराई पछिल्लो समय कुनै पनि समूहमा नभई मध्यविन्दुमा बसेर आफ्नो गतिविधिहरु सञ्चालन गरिरहनुभएको छ ।
माधव समूह, कांग्रेस, माओवादी तथा जसपाको उपेन्द्र यादव पक्षले बजेटको विरोध गरिरहेको समयमा नेता भट्टराईले भने बजेटको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८र ७९ को बजेट मुलतस् जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन् । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।’