• २०८३ जेष्ठ ३० गते शनिवार

बर्दियामा १३ वर्षिय बालिकालाइ करणी गर्ने एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, बर्दिया । बर्दियामा नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं.६ को ४१ वर्षिय मनिराम थारु पक्राउ परेका छन ।

थारु १३ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोप पक्राउ परेका हुन । थारुले आफ्नै घरमा एक्लै भएको अबस्थामा नाबालिकालाई डरत्रास देखाई घर भित्रै जबरजस्ती करणी गरेका थिए । केही महिनौ पछि बालिकाको स्वास्थ्यमा समस्या आई उपचार गराउने क्रममा भिडियो एक्सरे गराउँदा बालिकाको पेटमा गर्भ रहेको घटना बाहिरिएको हो ।

सोही दिन पीडित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थारुलाई पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस