भारतले नेपाली काङ्ग्रेसलाई लामो समय कठपुतली बनाउदै नेपाली राजनीतिलाई आफ्नो पैतालाले किच्दै आएको थियो अर्थात नेपालको राजनीतिमा भारतको दबदवा रहेकोमा कुनैपनी प्रकारको दुबिधा छैन ।जसकारण तत्कालीन प्रम गिरिजाप्रसाद कोइराला मार्फत प्रचण्ड र माधब नेपालको सहयोगमा लाखौंको सङ्ख्यामा बिबादास्पद नागरिकता बितरण गराउन भारत सफल भएको थियो । नेपाली इतिहासकै लोकप्रिय प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई, त्यही बिवादास्पद नागरिकतालाई बैधानिक बनाई जनताको नजरमा असफल बनाउने भारतको चाहाना मुताविक केही नेपाली भारतीय कठपुतलीहरु कुप्रयास गरिरहेका देखिन्छन्।

केपि ओलिको चर्को बिरोधपछि तत्कालीन समयमा नागरिकता सम्बन्धि काममा अवरोध पैदा हुन पुगेकथियो । भारतको हरेक गोटि फेल हुँदै थिए। यस्तै शिलशिला चलिरहेको अबस्थामा केपि ओलि प्रधानमन्त्री भए ।ओलि प्रधानमन्त्री भएपछि ऊनी नेपालको इतिहासमा भारतले पहिलो पटक नेपाल सामु घुडा टेकेको थियो।नेपाली जनताले ओलिको यो राष्ट्रियतालाई खुलेर साथ दिदै आएका पनि थिए, यसले भारतको सपना चकनाचुर हुन पुगेको थियोे । नेपाली जनताको राष्ट्रप्रती बढेको सजकता देखेर भारतले नेपालमा नया खेल खेल्न सुरु गर्यो। भारतले “सर्प पनि मर्ने लठ्ठी पनि भाचिने” गरि खेल खेल्न सुरु गर्यो। नेपालका प्राय नेताहरुले उक्त खेलमा सजिलै हार स्वीकार गरे एक नेता ओलि बाहेक ।
भारतले पछिल्लो समयमा नेपालका नेतालाई नेपाली जनताबाट नै नङ्गाउदा पुन नेपालमा राजनैतिक दबदवा कायम राख्न सकिने नीति अपनाउन सुरु गरेको देखिन्छ । प्रचण्ड, देउवा, माधव, बाबुराम लगायत सबै नेतालाई नङ्गाउन भारत सफल भयो। यी नेताहरूलाई भारतले यसरी नङ्गायोकी उनिहरु प्रजातान्त्रिक मुलुकमा चुनावसग पनि डराउनु पर्ने अवस्था सृजना हुन पुग्यो। भारतले सबैलाई नङ्गाउन सफल भयो ओलि बाहेक।
भारतले पछिल्लो समयमा नेपालका नेतालाई नेपाली जनताबाट नै नङ्गाउदा पुन नेपालमा राजनैतिक दबदवा कायम राख्न सकिने नीति अपनाउन सुरु गरेको देखिन्छ । प्रचण्ड, देउवा, माधव, बाबुराम लगायत सबै नेतालाई नङ्गाउन भारत सफल भयो। यी नेताहरूलाई भारतले यसरी नङ्गायोकी उनिहरु प्रजातान्त्रिक मुलुकमा चुनावसग पनि डराउनु पर्ने अवस्था सृजना हुन पुग्यो। भारतले सबैलाई नङ्गाउन सफल भयो ओलि बाहेक। सर्सर्ती हेर्दा आफ्नो निति सफल हुन नदिन ओलि तगारो भएर देखापर्ने भारतको अनुमान पनि हुन सक्छ , त्यसकारण भारतले ओलिलाई नङ्गाउन नाङ्गिएका नेताहरुलाइ प्रयोग गर्न थाल्यो ।यो नेकपा अध्यक्षले पक्कै बुझेको हुनु पर्छ ।पछिल्लो समयमा नग्न नेता तथा भारतीय कठपुतली माधव नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, शेर बहादुर देउवा लगायतका नेताले भारतको केपि सरकारलाई नियोजितरुपमा असफल बनाउने कार्यमा सहयोग पुग्ने गतिविधि गर्न सुरु समेत गरे। कोरोना कहरले कष्टपुर्ण र त्रासही जिवनयापन ब्यतित भई रहेको अबस्थामा सरकार गिराउन घृणित काम गर्न समेत पछि परेनन् ।
केपिले घोषणापत्रमा उल्लेख नगरिएका काम पनि गर्न सुरुवात गरे । लिम्पुयाधारा, लिपुलेखमा भारतलाई किन भारतीय सेना राखेको भनेर प्रश्न गरे। सामन्ती शासकहरुले इरेज गरेको नेपाली भुमिको एक चुच्चो नेपालको नक्सामा थपिदिए। बुद्ध नेपाली हुन भारतीय किन बनाएको ? चेतावनी दिदै आइरहे । चितवनको ठोरि रामको जन्म भुमि हो भन्दै अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन लागी परे ।
चुनावमा ओलिले जनतासग गरेका प्रतिवद्दताहरु एक पछि एक गर्दै पूरा गर्दै थिए भने केही प्रतिवद्दताहरुको सुरुवात गर्दै थिए। उनले गरेका प्रतिवद्दताहरु गत चुनावको घोषणापत्र मार्फत हेर्न सकिन्छ । यसले भारतको चाहानामा गम्भीर धक्का लाग्न पुग्यो । भारतलाइ कुनै हालतमा यो कुरा स्विकार्य थिएन। उसले तत्कालीन नेकपाभित्र रहेका कठपुतलीहरुलाइ प्रयोग गर्न सुरु गर्यो। सरकार प्रमुख प्रधानमन्त्री ओलीलाई नेकपा भित्रका भारतिय कठपुतलीहरुले पार्टी र सरकार दुबै ठाउमा घेराबन्दी गर्न सुरु गरे। झन्डै दुईतिहाइको सरकार बनेको एक बर्ष नकट्दै भारतद्वारा संचालित कठपुतलीहरुले असफल बनाउन लागि परे, जुन कुरा भारतले चाहेको थियो। जसको नकारात्मक असर एक जुटहुँदै गइरहेको नेपाली कम्युनिस्ट आन्दोलनमा समेत हुनपुग्यो।फलस्वरूप कम्युनिस्ट एकताको सन्देश सहित एकीकृत भएर बनेको नेकपा पार्टीनै भङ्ग हुन पुग्यो।
केपिले घोषणापत्रमा उल्लेख नगरिएका काम पनि गर्न सुरुवात गरे । लिम्पुयाधारा, लिपुलेखमा भारतलाई किन भारतीय सेना राखेको भनेर प्रश्न गरे। सामन्ती शासकहरुले इरेज गरेको नेपाली भुमिको एक चुच्चो नेपालको नक्सामा थपिदिए। बुद्ध नेपाली हुन भारतीय किन बनाएको ? चेतावनी दिदै आइरहे । चितवनको ठोरि रामको जन्म भुमि हो भन्दै अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन लागी परे । बिर्सिएका नेपालीलाई समेत सम्झाइदिए। विस्वभर देखापरेको महामारीको प्रभाव बाट तुलनात्मकरुपमा सुरक्षित राख्न सफल भए।साउथ एसियामा खोप उत्पादक मुलुक भारत पछि दोस्रो खोप लगाउन सुरु गर्ने मुलुकमा नेपालको नाम लेखाए।
भारतीय कठपुतलीमात्र नभइ केही नाम कहलिएका सम्पादक र नागरिक समाजका अगुवाहरु समेत भारतीय चाहनामा केपि ओलिमाथी खन्निन सुरु गरे। धरहरा तीन बर्षमा पुनर्निर्माण गरिसक्न ओलिले निर्देशन दिदा दस बर्षमा पुनर्निर्माण गरेर देखाउन ओलिलाइ ठाडो चुनौती दिदै आफ्नो मिडिया मार्फत हौवा फिजाए।
बिस्वभरलाई आबश्यक खोपको उत्पादन नहुदा नेपालले समेत त्यसको चपेटामा परेर खोपको अभाव झेल्नुपरेको छ। यद्यपि नेपाल सरकार जतिसक्दो चाडो सम्पुर्ण नेपाली लाई नि शुल्क खोप उपलब्ध गराउन लागेको देखिन्छ । अन्तर्राष्ट्रिय जगतमा सरकारले गरेको पहलले यो सत्त्यतालाई लुकाएर नलुक्ने देखिन्छ ।मलाई खोप खोइ भन्दै सडक फोहोर गरेर बस्दै आएकाको मुखमा सरकारले चाडै बुझो लगाउने गरि काम अगाडि बढेको देखिन्छ । यी कामहरु भारतलाइ पल्लाभारी पर्दै गयो।भारतलाई केपी ओली निकै घाँडो भइसकेको देखिन्छ।
भारतीय कठपुतलीमात्र नभइ केही नाम कहलिएका सम्पादक र नागरिक समाजका अगुवाहरु समेत भारतीय चाहनामा केपि ओलिमाथी खन्निन सुरु गरे। धरहरा तीन बर्षमा पुनर्निर्माण गरिसक्न ओलिले निर्देशन दिदा दस बर्षमा पुनर्निर्माण गरेर देखाउन ओलिलाइ ठाडो चुनौती दिदै आफ्नो मिडिया मार्फत हौवा फिजाए। समृद्धितर्फ उन्मुख नेपालमा ती कठपुतली, नागरिक समाजका कथित अगुवा र सम्पादकहरुको बिरोधि आखाले देख्न र भारतद्वारा चलाइएका कलमले लेख्न नसकिने बिकास केपि सरकारले सुरु गरिसकेको पत्तै पाउन सकेनन। बिकाशले सुरुङको युग चुम्न सुरु गरेको ख्याल ख्याल मा लिएर बसे। अन्तत परिचालित सबै प्रकारका कठपुतलीहरु केपि बहिर्गमन गर्न र गराउन नसक्ने गरि थकित हुन पुगे ।
केही समय पहिले काठमाडौमा कार्टुन बक्समा एक नावालक भेटिए। ती नावालकले समय आएपछि नागरिकता पक्कै खोज्छ्न। त्यो बेला उसलाई नागरिकता नदिने ? कुनै युवती बिदेशबाट जबर्जस्ति गर्भवती भएर आइन भने उसको बच्चालाई नागरिकता नदिने। नागरिता दिन पनि मुस्किल नदिन पनि मुस्किल । यस्ता समस्याहरु छ्न भनेर राज्यले कसैलाई बन्चित बनाएर राख्न पनि त मिलेन।
नेपाल माथीको दबदवालाई पुन स्थापित गर्न केपि बहिर्गमनको विकल्प नरहेको भारतले आफ्ना थकित कठपुतलीहरुबाट बुझेको हुनु पर्छ। कामदारबाट काम नहुने छन्द पाइसकेको भारत केपिलाई असफल बनाउन बारम्बार लागि परेको छ जसको चक्रव्युमा ओलीलाई फसाएर उ आफ्नो सपना साकार बनाउन चाहान्छ ।
यसको सफल परिक्षण भारतले नेपालमा बेला बेलामा गर्दै आईरहेको छ। यस परिक्षणका पात्रमध्येका एक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारलाई अपनाइएको भारतिय नीति पुन: भारतले प्रयोगमा ल्याएको संभावना पनि उत्तिकै देखिन्छ । केही समय पहिले काठमाडौमा कार्टुन बक्समा एक नावालक भेटिए। ती नावालकले समय आएपछि नागरिकता पक्कै खोज्छ्न। त्यो बेला उसलाई नागरिकता नदिने ? कुनै युवती बिदेशबाट जबर्जस्ति गर्भवती भएर आइन भने उसको बच्चालाई नागरिकता नदिने। नागरिता दिन पनि मुस्किल नदिन पनि मुस्किल । यस्ता समस्याहरु छ्न भनेर राज्यले कसैलाई बन्चित बनाएर राख्न पनि त मिलेन।राज्यले अंगीकृत नागरिता जारी गरि उक्त नागरिकता लिएकालाई मताधिकार लगाएत राष्ट्रिय बिषयमा प्रभाव पार्ने अधिकार कटौती गरि नागरिकता दिनुको बिकल्पपनि छैन।बर्षौ देखी नागरिकता नपाएर बसेका हिमाल ,पहाड ,तराईका शुद्ध नेपालीलाई नागरिता दिलाउन प्रधानमन्त्री याक्सनमा जानै पर्ने तत्कालको जनमागलाई लत्ताउने दुश्प्रयास सरकारले गर्नु उपयुक्त देखिदैन भने नियोजितरुपमा अबैधानिक तबरले नागरिकतालिई नक्कली नेपाली बन्न चाहाने गिरोहको चाल रोक्न सरकारले कुट्टा कमाउनु हुँदैन ।