• २०८३ बैशाख १४ गते सोमवार

राष्ट्रपति भण्डारीद्धारा रुसका समकक्षी पुटिनलाई पत्राचार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक९५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाउनुभएको छ । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

‘खोप कुटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका,भारतका राष्ट्रपतिलाई पठाइसक्नुभएको छ । जसमा चिनले भने तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । घोषणासँग उक्त खोप नेपाल ल्याउने कार्य शुरु समेत भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस