जेठ १६, बुटवल। नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आर्थिक वर्ष ०७८र७९ को प्रस्तुत बजेटमा समाजवादको आधार निर्माणको झल्को दिएको बताउनुभएको छ ।
नेपाली समाज कोरोना महामारीबाट पिल्सिरहेका बेला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रणनीतिक र दुरगामी महत्व बोकेको बजेट भाषण गरेको उहाँको भनाइ छ । बजेटमा कम्युनिस्ट पार्टीको सपना समाजवादको आधार निर्माणको गहकिलो र गर्बिलो झल्को दिएको उहाँले जानकारी दिनुभयो । एमाले नेता ढकालले बजेटले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको बताउनुभयो । उहाँ अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई सम्बोधन गरेको बताउनुभयो ।
प्रमुख सचेतक ढकालले भन्नुभयो, ‘धन्यवाद जननेता तथा लोकप्रिय अर्थमन्त्री बिष्णुप्रसाद पौडेलज्यू, सिङ्गो नेपाली समुदाय कोरोना महामारीबाट पिल्सिरहेका बेला रणनीतिक र दुरगामी महत्व बोकेको तपाईंको बजेट भाषणले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको छ ।