जेठ १६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा चक्रवात यास् पश्चिम उत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भई रहेको छ ।

महाशाखाले आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एकर दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको बताएको छ। महाशाखाले प्रदेश १, प्रदेश २ एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु जस्तै हिलोबाटो, हिलेभीरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदि बाट बच्नबचाउन र आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।