भदौ ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी, कर्णाली र सुदूरपश्चिममा २-२ जनाको मृत्यु भएको छ भने मधेश, कोशी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा २६ जना, कर्णालीमा १ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, गण्डकीमा २ जना घाइते भएका छन् ।
