• २०८३ बैशाख २५ गते शुक्रवार

युवा मल्लले बाँडे दलित बस्तिमा मास्क र राहत, दलितका सारथी बन्दै

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

जेष्ठ १५ मुगु । हिमाली जिल्ला मुगुमा एक युवाले आफ्नो ब्यक्तिगत लगानीमा मास्क र राहत सामग्री वितरण गरेका छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १ छत्याल वाडा तथा नेपाली काग्रेस जिल्ला कार्य समिति मुगुका सचिब गजेन्द्र बहादुर मल्लले नगरपालिकाको वडा नं ५ ढुमा गाउको दलित बस्ति लाई मास्क र खाद्यान्न राहत वितरण गरेका हुन ।

नेता मल्लले आफ्नो ब्यक्तिगत लगानीमा निस्वार्थ रुपमा स्वास्थ्य सामग्री र राहत वितरण गरेको बताए । उनले उक्त गाउमा एक सय भन्दा बढि स्थानीयलाई मास्क वितरण गरेका छन् भने विपन्न २ परिवार सर्जमा कामि र सुन्चेरा कामि लाई ३० केजिको एक-एक प्याक चामल, तेल, २ पोका नुन र दाल वितरण गरेको जानकारी दिए । अहिले यो संकटको अवस्थामा काम गरि खाने ब्यक्तिलाई केही राहत होस भनि घाउमा मलम लगाउने प्रयास गरेको मनकारी युवा नेता मल्लको भनाई छ ।

यस्तो महामारीबाट बच्नको लागि नगरपालिकाका १ नंम्वर वडा देखि १४ वडासम्मका दलितहरु लाई मास्क वितरण गर्ने र उस्तै गरिब, विपन्न र काम गरि खाने नागरिकहरुको पहिचान गरि राहत पनि वितरण गर्ने मल्लले प्रतिवद्धता जनाए । यो अभियान ढुमा गाउबाट सुरुवात भई अब सबै वडामा छिटो भन्दा छिटो राहत तथा मास्क वितरण गर्ने उनको योजना रहेको छ । आफ्नो दिनरात नभनि ब्यवसाय बाट कमाएको रकमले यस्तो विषम पस्थितीमा एक माथि अर्को ईट्टा थप्ने प्रयास गरेको अवगत गराउनु भयो ।

पछिल्लो समय मुगुमा दिन प्रतिदिन कोरोना संक्रमण देखिन थालेका छन् । जिल्ला प्रशासनले थप २२ गते सम्म निषेधाज्ञा लम्बिएको छ । यसमा गरिब, दलित लाई बढि प्रभाव पारेको छ । गिट्टी कुट्ने, साहुको भारी बोकि एक छाक टार्नेहरुको अहिले भने अवस्था विजोग बनेको छ ।

काम गरौ भने राम्रो काम पाउदैन, साहुको भारी पनि कति बोक्ने, बोक्दा बोक्दा पनि ज्यान पनि सुकिसक्यो, कमाई पनि राम्रो छैन, दिन भरि भारी बाक्यो बेलुका घर परिवार पाल्नको लागि एक दुई सय रुपैयाले केही पनि पुग्दैन, एक पोका तेल जोहो गर्न पनि सकस पर्ने गरेको छायानाथ रारा नगरपालिका वडा नं ५ ढुमा गाउका स्थानीय सुन्चुरा कामिले बताईन । उनले भनिन यस्तो संकटको बेला हाम्रो लागि भगवान दैलोमा आए यति सानो भए पनि केही महिनासम्म छाक टारौला, अन्य घरबाटै बन्दोबस्त मिलाउला कामिले भनिन् । खुसि हुदै कामिले भनिन “यो कोरोना महमारीको बेला मनकारी युवाले हामि लाई सहयोग गरे धन्यवाद दिन्छु तर यहाको स्थानीय सरकारले राहतका कुरा, स्वास्थ्यका कुरा, जनचेतना जस्ता कार्यक्रमको ब्यापक रणनितिहरु अवलम्वन गरेको भए गरिबका आँसु पुछिने बताईन ।”

Sharing

प्रतिक्रिया दिनुहोस