• २०८३ बैशाख १० गते बिहिवार

माओवादी नेतृ विशुङ्खेद्धारा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको भर्सना (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १४, काठमाडौं । माओवादी केन्द्रको नेतृ तथा अखिल नेपाल प्रगतीशील जनस्वास्थ्यकर्मी महासंद्द (फ्याक्सन) ईन्चार्ज अन्जना विशुङ्खेले नेपालगञ्ज स्थित भेरी अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरु (डाक्टर र नर्सहरु) माथि भएको सांघातीक आक्रमणको घोर निन्दा एवम भर्सना गर्नु भएकोे छ । आज एक विज्ञप्ती जारी गर्दे उहाँले सिङ्गो विश्व कोभिड १९ भाइरसले मानव समुदायलाई आतंकित पारिरहेको यस अवस्थामा स्वास्थ्यकर्मीहरुलाई सम्मान, माया, सहानुभूतिको खाचो परिरहेको बेलामा उल्टै डाक्टर र नर्स स्वास्थ्यकर्मी माथि सांघातक आक्रमण गर्नु भनेको अमानविय आततायी घटना बताउनु भएको हो ।

उहाँले उक्त घटनामा संलग्न आक्रमणकारीको समूहलाई हिरासतमा राखी घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्न माथि कडा कारवाही अघि बढाउँदै स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न माग गर्नु भएको छ । उहाँले विज्ञप्तीमा लेख्नु भएकोे छ : नेपालगञ्ज स्थित भेरी अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरु -डाक्टर र नर्सहरु) माथि भएको सांघातीक आक्रमणको घोर निन्दा एवम भर्सना गर्दै खेद प्रकट गर्दछु

सिङ्गो विश्व कोभिड १९ भाइरसले मानव समुदायलाई आतंकित पारिरहेको यस अवस्थामा अझ नेपाल दोस्रो लहरको महामारीको केन्द्र बनीरहेको र आम जनसमुदायमलाई आतंकित पारिरहेको छ । यस्तो महामारीका अवस्थामा ठूलो जोखिम मोलेर सीमित साधन स्रोतका बाबजूद डाक्टर र नर्स एवम् स्वास्थ्यकर्मीहरु ज्यानको पर्वाह नगरी अहोरात्र बिरामीको सेवामा खटिरहेका छन । यस्तो अवस्थामा उहाँहरुलाई सम्मान, माया, सहानुभूतिको खाचो परिरहेको बेलामा उल्टै डाक्टर र नर्स स्वास्थ्यकर्मी माथि सांघातक आक्रमण गर्नु भनेको अमानविय आततायी घटना हो । अझ आफूलाई सत्तारूढ दलको नेता हुँ भन्ने हवाला दिँदै यस्तो कुकार्यमा उत्रनु निकृष्टताको पराकाष्ठा हो । सत्ताको आडमा गरिएको यस निकृष्ट कार्यको घोर भत्सना गर्दछु । उक्त घटनामा संलग्न आक्रमणकारीको समूहलाई थुनामा त राखीएको छ तर कडा गैर जमानती हिरासतमा राखी घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्न माथि कडा कारवाही अघि बढाउँदै स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न माग गर्दछु

यसका साथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुलदंगा गर्ने विरुद्ध ूगैर जमानती हिरासत को कानून तुरुन्त व्यवस्था गर्न, कोभिड १९ का विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई यथेष्ठ आवश्यक सामाग्रि उपलब्ध गराउन, कोभिड १९ भएमा सम्पूर्ण उपचार निशुल्क गर्ने तथा मृत्यु भएमा कम्तीमा ५० लाखको रकम परिवारलाई राहत उपलब्ध गराउने कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष जोडदार माग गर्दछु ।

यदि सत्ताको आडमा यस घटनालाई ढाकछोप गर्ने कुनै पनि दुष्प्रयास भएमा स्वास्थ्यकर्मी एवं स्वास्थ्यकर्मी लाई माया गर्ने सम्पूर्ण जनवाहक विद्रोह स्वरुप सडकमा उठ्नु पर्यो भने यो सरकारले थेग्न सक्दैन । तसर्थ स्वास्थ्यकर्मीहरुलाई न्याय दिलाउन जुनसुकै हदको आन्दोलनका लागि प्रतिबद्ध हुने छौं । साथै सबै सरोकारवालाहरुलाई न्यायर अधिकारको पक्षमा एकताबद्ध भएर अगाडी बढ्न अपील गर्दछु ।

अन्त्यमा स्वास्थ्यकर्मीको सुरक्षा गर्न नसक्ने सम्बन्धित सुरक्षा संयन्त्रहरुका जिम्मेवार संस्था र व्यक्तीलाई सचेत गराउदै स्वास्थ्यकर्मी माथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्न माथि कडा कारवाही गर्न माग गर्दछु ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस