• २०८३ बैशाख १७ गते बिहिवार

प्रतिनिधिसभा विघटन सम्बन्धित सबै रिट संवैधानिक इजलासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् । बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उहाक्ले पूर्ण इजलासमा पठाउने निर्णय गर्नुभएको हो ।

संवैधानिक इजलास शुक्रबार बस्नेछ । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस