मंसिर ५, दाङ । मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले कार्यालयका दुई जना कर्मचारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए ।