• २०८३ बैशाख २९ गते मङ्गलवार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सङ्क्रमण मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११,काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । शर्मालाई गएको वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिनुभएको छ ।

शर्माले भन्नुभएको छ, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी १ शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ । सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ।

कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै,सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।

Sharing

प्रतिक्रिया दिनुहोस