जेठ १०, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं दोश्रो भेरियण्ट पछि तारकेश्वरमा कुल कोराना संक्रमित हुनोको संख्या ५८८ जना महिला र ७३८ जना पुरुष गरि कुल संक्रमित संख्या एक हजार ३२६ पुगेको छ ।
तारकेश्वरमा आज वडा नं. ५ मा सबभन्दा धेरै संक्रमित थपिएका छन । आजमात्रै यस वडामा २० जनामा कोरोना पुष्टि भएको हो । तारकेश्वर नगर स्वास्थ्यका अनुसार तारकेश्वरमा ७३ जना महिला र ८१ जना पुरुष गरि जम्मा १५४ जनाले कोरोना जितेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा हाल ९ जना कोरोना संक्रमितको उपचार भइराखेको छ । तारकेश्वरका १०८६ जना संक्रमितको होम आइसोलेसनमा र ६३ जनाको अस्पतालमा उपचार भइराखेको तारकेश्वर नगरस्वास्थ्यले जनाएको छ ।
तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सगैं मृत्यु हुनेको संख्या ३० जना पुगेको छ ।
