• २०८३ बैशाख ९ गते बुधवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६१ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १०.२५ अंकले घटेर २६६२. १४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज कालिका दर्शनको शेयर सबैभन्दा बढी ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोको ५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अरुण भ्याली हाइड्रोको ४५ करोड २८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस