• २०८३ जेष्ठ ६ गते बुधवार

प्यूठानमा घर भत्किदां एकैघरका तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिसिर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनका अनुसार अन्य ४ छोरीहरु भने अर्को कोठामा सुतेको हुदा सकुसल रहेका छन । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । बिहान साढे ७ बजे घर भत्केको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस