• २०८३ बैशाख २१ गते सोमवार

त्यसपछि हाम्रो भेट कहिल्यै भएन…..

सञ्जय नाथ पढ्न लाग्ने समय : ६ मिनेट

अध्याँरो थियो मौसम, रात परेर भने होइन, बर्खामासको मुसलधारे पानी त्यसैमा बाक्लो कालो मडारिरहेको बादल यसरी दौडिरहेको थियो कि मानौ उस्लाइ कतै पुग्न निक्कै हतार छ । तेहि बादलसंग डुबुल्की मारिरहेको हावाका झोकाहरुले हानिरहेका थिए मलाई ।

बाटोमा कतै सिरु र खर भएको बाँझो जग्गा र कतै मकैका पातहरुले पानीका थोपाहरुलाई मेरो शरिरमा स्पर्श गराउन खोज्दै थिए । सानो भाच्न मिल्ने छाता थियो साथमा, हिलाम्मे बाटो, अरुबेला भन्दा अलि बेसि नै पाइन्ट दोबारेर लगाएको थिए मैले । कक्षा ९ मा पढ्दा सिलाएको पाइन्ट अलि पुरानो भएको थियो । कपालमा तोरिको तेल लगाएर निधारमा सिउदो पारेर मज्जाले कपाल कोरेको चिटिक्क परेर हिडेको थिए म ।

अचेल म ठूलो भएको छु । एक्लो जीवन, छरपस्ट पुरा नहुने यादहरु, केही जिम्मेवारी केही प्रेमको उमंग । जिम्मेवारीले थिचिदै जादा अनेक पिडाहरु सहनुपर्दो रहेछ ।

अनि तेसैबेला आखाँ भरिएर आउछन । मुटुले कमजोर महसुस गर्छ । हात खुट्टा कापेर आउँछन । कतिबेला लाग्छ ति सम्झनाका पलहरुलाई कतै टाढाको दुर बस्तीमा गएर पखालेर तर सकिैदन । मन पनि दुइ भागमा बिभाजन भैदिन्छ । एक संकालु मन अर्को अडिक मन । अनि मनकै युद्ध मनमै सुरु भैदिन्छ । जब दोषी अरुलाइनै देखाइन्छ, छरपस्ट मन दुख्ने तथ्यहरु आँखै अगाडि झल्झल्ती भैदिन्छन । न त सेभ गर्न सकिन्छ न त डिलिट यस्तै छ जिन्दगी ।

चिसो सिरेटो संगै भएको तिम्रो र मेरो भेटघाट, अनि अञ्जानमै जुधेका ती निर्दोस नयनहरु खै अचम्मको छ यो दुनिया, मरुभुमिमा रुमलिएका प्राणिका मृग तृष्णा जस्ता तिरमिराइरहेका आँखाहरु, खडेरीमा परेको झरिको भन्दा पनि अझ आनन्दको तिम्रो साथ, जे होस जे जस्तो भएपनी माया गर्ने तरिकाहरु फरक भएपनी हाम्रो माया लैला र मज्नु अनि रोमियो र जुलिएटको भन्दा पनि कम छैन जस्तो लाग्दथियो तर खै हाम्रो माया त समर लभमा साया र अतीतको जस्तो भयो । कुहिरोमा हराएको काग जस्तो भयो । बिरहका भाबहरु पोख्ने न्याउलिको जस्तो जिन्दगी अनि आफैलाई धिकार लाग्यो कति कमजोर रहेछ मैले गरेको माया ।

जब तालको छेउमै बसेर तिम्रा पुराना एसएमएसहरु पढिरहेको थिए म तेतिकैमा कमलका कोमल फूलहरुबाट टलक्क टल्कने सितको थोपा जब पात हुँदै विशाल तलाउमा खस्यो अनि आफ्नो अस्तित्व मेटाएर गयो । मान्छेहरु आए अनि मन पर्यो भन्दै डालि नै चुडेर कमलको फूल लगे । म अच्चम्ममा परे र सोचे साच्चिकै मन पराउनु र माया गर्नुमा धेरै फरक हुदो रहेछ, माया गर्नेले त मल जल गर्छ तर मनपराउनेले डालिनै चुडाएर लैजान्छ, अनि सधैका लागि अस्तित्व मेटाएर जान्छ ।

मान्छेको जीवन पनि एक एस्तै कहानी न हो कतिबेला के हुन्छ कसैलाई थाहा हुदैन, एक सितको थोपाले मनभरी धेरै कुराहरुको बिजारोपन गरिदियो जहाँ फूलको सुन्दर जीवन छिनभरमै कसैले भस्म गरिदिए झै, एकोहोरो भएर यहिकुरा सोचिरहेको थिए म तेहि सितको थोपा संगै कतिबेला आँखा बाट आँसु खस्यो पत्तै भएन ।

पहिलो प्रेममा धोका पाए पछि मलाई पनि सबै केटिहरु प्रतिको बिस्वास गुमेको थियो । जब साझ पर्छ मनमा न्यास्रो महसुस हुन्छ । अचेल पनि तेस्तै हुन्छ मलाई । मन भुलाउनलाई अनेक उपाय गर्नु थियो । फुर्सदिलो भएपछी मनमा अनेक कुराहरु आउने अनि के गरम गरम हुने ।

एकदिन नजिकैको पसलबाट एउटा चुरोट किने र नजिकैको डाडामा गए । चुरोट सल्काएर आदि पिएको थिए, तेतिकैमा यौटा केटि आयो र सिधै माग्यो । खोइ चुरोट खाम न । के बोलम बोलम भयो नबोली सिधै उस्लाइ दिए ।
सुरुमै चुरोट तानेर आकासमा फर्केर धुवा माथीतिरै फुक्यो । म छक्क परे
अनि बोले केटि मान्छे पनि चुरोट ।
किन खानु हुदैन र
हुन्छ तर …..
भोलि भेट्ने सहमतिका साथ छुट्टियका थियौ हामी ।
भोलिपल्ट उ पनि समयमै आयो म नि समय मै पुगे

आज परिचय गर्नु थियो
म सन्जय अनि तपाईं ?
म खुस्बु
केटा मान्छेहरु खुब धोकेवाज हुन्छन है सन्जय
केटि पनि कहाँ कम हुन्छन र मैले थपे
तर पनि केटा बेसि नै धोकेवाज के
गोजिबाट चुरोट झिकेर यौटा चुरोट सल्काइन र अर्को चुरोटमा सिबजिको प्रसाद भर्न लागिन
अरे खुस्बु तिमी यो पनि खान्छौ ?
किन यो चाही केटाहरुको लागि मात्र बनेको हो र ?

हेर्दा खुस्बु खुब राम्री थिइ , गोला गाजलु ठुला ठुला आँखा, हेड्क्लिप लगाएर छोडेको कपाल । जिन्सको पाइन्ट, अलि लामो घुडा सम्म ढाकिएको कोट, अनि नसालु हेराई
अहो म त फिदा नै भएको थिए ।

भोलिपल्ट र पर्सि पल्ट म त्यो ठाउँमा गएन कारण आफ्नै थियो । ३ दिन पछि उही ठाउँमा गए खुस्बु पहिले नै गएर बसेको रहेछ । मलाइ देख्ने बित्तिकै बेस्सरी झर्केर बोल्यो मानौ कि म उस्को साथी नभएर श्रीमान हो ।
ओइ हिजो र अस्ति त कहाँ गाको थिस ।
लौ अब त झन त नै पो भन्न थालि ।
एक मनले झापट दिम जस्तो लागेको थियो । एक मनले फेरि बिचरिले आफ्नै ठानेर त यस्तो भनिहोला यस्तै लागेको थियो मलाई ।
केही छिनको मौनता पछि मैले मुख खोले माया गर्छस खुस्बु मलाई ।
उस्ले हास्दै भन्यो

माया
सुनेनस अघि भनेको केटा मान्छे धोकेवाज हुन्छन भनेर ।
मनमा लागिरहेको थियो साला धोका यौटाले दिने अनि भनाइ हामी सबैले पाउने त्यो धोका दिने केटालाई भेटाए २ झापट लगाउछु यस्तै सोचेको थिए । तेस्पछी मैले जान्न चाहे धोका दियो चाइ किन ? पहिले धेरै पटक धोका खानु र दिनुको कारन बुझ्न चाहे मरिगए भन्न मानेन । त्यो दिन खुस्बु पहिले जस्तो फ्रेस मुडमा थिइन । अलि मलिन देखिन्थ्यो । मलाइ लाग्यो कुनै ठुलै चोट परेको छ खुस्बुलाई । तेहि मौका छोपे र धोका दिनुको कारन बुझ्न चाहे ।

धेरै समयको दबाब पछि खुस्बुले कुरा खोलिन । धोखेबाजको कुरा नगरौ भन्दा पनि कर गर्नुभयो सन्जय, उस्को नाम रवी हो । त्यो दिन रबि अरुबेला भन्दा अलि बढी नै झ्याप थियो । रबिलाई सिबजिको प्रसाद खुब मन पथ्र्याे । अझ भनौ नभै नहुने थियो । त्यस दिन म घर संगै जाउ भने उस्ले हुदैन म बढी झ्याप छु तिमी गाडिमा जाउ बाइकमा म एक्लै जान्छु भन्यो र बेस्सरी अंगालो हाल्यो अनि गाडिमा चढायो । म गाडिमा चढे र घर पुगे । तर उ बाटो मा नै टिप्परमा जुधेर मलाइ सधैको लागि छोडेर गएछ । सालेलाई ब्लड क्यान्सर पनि रहेछ मलाइ त्यो पनि भनेन ।

फेरि एकछिन रोकियर लामो श्वास फेर्दै भनिन । जिन्दगीभर साथ दिन्छु भन्थ्यो साले धोखेबाज रहेछ बिचमै छोडेर गयो । फेरि चुरोटको धुवा आकाशमा फुक्दै भनिन उस्ले आफै भन्थ्यो यो धुवा सिबजिको प्रसाद सिधै स्वर्गमा पुग्छ रे तेसैले सिबजिको प्रसाद रबिले पनि चाख्न पावस भनेर यहि ठाउमा आउछु र सिबजिको प्रसाद सल्कायर आकासतिर फाल्ने गर्छु । त्यो दिन उनी चुरोटको ठुटो भुइमा निभाउदै आँखामा आएका आँसुहरुलाई लुकाउदै जुरुक्क उठिन र हिडिन । त्यसपछि हाम्रो भेट कहिले पनि भएन ।

Sharing

प्रतिक्रिया दिनुहोस