जेष्ठ ८, काठमाडौँ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६९५० बमोजिम सरकार गठनका लागि दुवै पक्षका दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको विज्ञप्ति जारी गरेलगत्तै नेता लेखकले आपत्ति जनाउदैं ट्विट गरेका हुन ।

नेता लेखकले सामाजिक सञ्जालमा लेखेका छन् : “राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन । यीनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।”
