• २०८३ बैशाख १९ गते शनिवार

दुवै दावी जाली, बिश्वासको मत प्राप्त गर्ने आधार छैन : राप्रपा अध्यक्ष थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताउनु भएके छ । उहाँलेले सामाजिक सञ्जाल ट्विटर मार्फत् राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुवै दाबी जाली भएको बताउनु भएको हो ।

अध्यक्ष थापाले यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरि लोकतन्त्रको नाममा ब्रम्हलुट गरेकाले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने बताउनु भएके छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन। दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस