• २०८३ जेष्ठ १७ गते आइतवार

तारकेश्वरमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन । थप संक्रमितमा ४२ जना महिला र ३९ जना पुरुष रहेका छन ।

तारकेश्वरमा हाल एक हजार २७ जना संक्रिय संक्रमित रहेका छन । जसमा ४५६ जना महिला र ५७१ पुरुष रहेका छन । कोरोनाको दोश्रो चरण पछि हालसम्म नगरपालिकामा कोरोना निको हुनेको संख्या ७३ जना पुगेको छ । तारकेश्वर नगरपालिकामा रहेको आईसोलेसनमा २ जना बिरामी हुनुहुन्छ ।

तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसगैं कुल मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस