जेठ ५, मोरङ । मोरङको रंगेली नगरपालिकामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय अनिता यादवको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार बुधबार पानी नरहेको बीच भागमा घाँटी रेटिएको अवस्थामा यादवको शव घरबाट दुई किलोमिटर टाढा फेला परेको हो । यादवको घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव भेटिएको र शव भेटिएपछि अनुसन्धान सुरु गरेका खड्काले बताए ।
प्रहरी स्रोतका अनुसार हत्यामा परिवारकै संलग्नताको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धाका लागि मृतकका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको छ ।