जेष्ठ ४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका आठ हजार १३६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार २८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । यससँगै देशभर कोरोनाभाइरस निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ
सोही अबधिमा १९६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसगैं मृतकको कुल संख्या ५४११ पुगेको छ