• २०८३ बैशाख ७ गते सोमवार

माओवादी केन्द्रले टुंगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना उम्मेदवार तय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएका हुन्।

सोमबारको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको हो । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेको विरुद्ध सत्ता गठबन्धन एकजुट बनेका छन् । सोमबार गठबन्धनको बैठकले राष्ट्रियसभाका उम्मेदवारको सिट भागबन्डा गरेका थिए। कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले ५/ ५, जनता समाजवादी पार्टीले २, राष्ट्रिय जनमोर्चाले १ सिटमा मंगलबार उम्मेदवारी दर्ता गराउन सहमत भएका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस