• २०८३ असोज २८ गते बुधवार

टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकालाई एनआइसी एशिया बैंकले अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।

सोमवार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिए ।

नगरपालिकाका प्रमुख अधिकारीले नगरपालिकालाई प्राप्त भएको उक्त मेसिन सोमबार नै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका छन । उक्त मेसिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य सामग्री सङ्कलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ ।

टोखामा हाल पाँच हजार ६९५ कोरोना सङ्क्रमित देखिएका छन् । तीमध्ये ९०५ सक्रिय सङ्क्रमित रहेको सो नगरपालिकाले जनाएको छ । टोखामा हालसम्म कोरोनाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस