• २०८३ बैशाख २४ गते बिहिवार

६ लाख नगदसहित ६ जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौँ । बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट ६ जुवाडेसहित लाखौँ नगद जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बरामद गरेको छ । प्रहरीका अनुसार पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत ६ जनालाई ६ लाख ५४ हजार ५०० नगदसहित पक्राउ गरेको हो ।

गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस